Introduction

नमस्कार 🙏

खासै परिचय दिने त भइसकेको होइन तर पनि ब्लग बनाइसकेपछि  परिचय राख्न आवश्यक ठानेको ले मेरो बारे थोरै केही लेखेको छु । 

रामेछाप जिल्ला चिसापानी गाविस वडा नम्बर ७ (हाल मन्थली नगरपालिका -८) मा २०५२ साल भदौ महिना तिजको दिन बिहानी सूर्योदयसँगै यो धर्तीमा पहिलो पटक पाइला टेकेको (माता यशोदा घिमिरे र पिता मदन प्रसाद घिमिरे ) र सोही गाउँको श्री भिमेश्वर रुद्र माध्यमिक विद्यालयमा SLC शिक्षा प्राप्त गरी अझ थप शिक्षाको लागि काठमाडौँ आई त्यहाँस्थित बानेश्वर क्याम्पस शान्तिनगर बाट + 2 व्यवस्थापन संकाय संकायमा उत्तीर्ण भई सोइ क्याम्पस बाट ब्याचलर शिक्षाका लागि BBS अध्ययनरत १ सामान्य परिवारको सामान्य व्यक्ति हुँ । 

घुमफिर र नयाँ-नयाँ ठाउँहरू को बारेमा जान्ने र बुझ्ने नयाँ साथीहरु बनाउने साथै फुर्सदको समयमा गजल तथा साहित्यमा रुचि राख्ने भएकोले केही गजल मुक्तक हरु यस ब्लग मार्फत हजुरहरुको सामु प्रस्तुत गर्ने प्रयास गरेको छु हजुरहरुले पढिदिनु हुन्छ भन्ने आशा गरेको छु ।
 
 मसँग सामाजिक संजाल मार्फत् जोडिन चाहनुहुन्छ भने facebook आईडी tri.sajjan र twitter आईडी @tribikram_g बाट पनि हजुरहरुले जोडिन सक्नुहुनेछ साथै आगामी दिनमा हजुरहरूको रुचि र प्रतिक्रिया (contact@tribikramghimire.com.np) अनुसारका लेख तथा रचनाहरु लेख्ने प्रयास गर्नेछु हजुरहरुले मेरो ब्लग खोल्न र हेर्न नबिर्सनुहोला ।

 धन्यवाद!!